धनुषामा विष सेवन घटना : ३ सन्तानपछि आमाको पनि मृत्यु

जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९:४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।


१२ वैशाख, जनकपुरधाम । धनुषामा विष सेवन घटनामा तीन सन्तानको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ ।

धनुषा शहीदनगर नगरपालिका ५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो ।

जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९:४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

गत सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरी आमाले विष सेवन गरेको अवस्थामा फेला परेका थिए । सोही दिन  ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादमा पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आफ‌ैं पनि सेवन गरेको खुलेको छ ।

९ महिनाकी गर्भवती पवितालाई बीस सेवन पश्चात शल्यक्रिया गरी शिशु निकालिएको थियो । शिशुको अवस्था सुधारोन्मुख रहेको डीएसपी सिंहले बताए ।

पविताले विष सेवन गरेको परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लिएर आएका थिए । पविताको माइत पक्षले भने शारीरिक र मानसिक यातना दिएकै कारण पविताले विष सेवन गरेको आरोप लगाएका छन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *