मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालक मियाँको मृत्यु भएपछि स्थानीय र आफन्तले सडकमा शव उठाउन नदिएपछि स्थिती तनावग्रस्त बनेको थियो ।


१२ वैशाख, काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ का हरैंचामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको दुहवी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँ छन् । ना १ क ६२७० नम्बरको टिपरले प्रदेश–१–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक मियाँको मृत्यु भएपछि स्थानीय र आफन्तले सडकमा शव उठाउन नदिएपछि स्थिती तनावग्रस्त बनेको थियो ।

अहिले भने अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायणप्रसाद चिमरियाले बताए । यता कोशी प्रदेशका एसएसपी भीम दाहालले पनि अवस्था सामान्य रहेको र ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *