कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी थिइन् ।

१४ वैशाख, धनगढी । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे । उनकाअनुसार दमाइलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी थिइन् ।