आज प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा सरोकारवालाहरु संग छलफल गर्ने
१० मंसिर, काठमाडौं । आसन्न चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरोकारवालाई छलफलका लागि बोलाएका छन्। प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीलाई छलफलका लागि बोलाएका हुन्।
आफ्नो चीन भ्रमणमा उठाउने एजेण्डा र छलफलका विषयमा प्रधानमन्त्री ओलीले विज्ञसँग छलफल गर्न लागेका हुन्। छलफल बिहान ११ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली यहि मंसिर १७ देखि पाँच दिनका लागि चीन भ्रमणमा जाने तयारीमा छन्। यद्यपी अहिलेसम्म सरकारले चीन भ्रमणको औपचारिकरूपमा मिति भने सार्वजनिक गरेको छैन।