विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्न नीतिगत तथा कानुनी प्रबन्ध गरिने : राष्ट्रपति
संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान र विकासतर्फ केन्द्रित गरिने बताए।

राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्न नीतिगत तथा कानुनी प्रबन्ध गर्ने बताएका छन्।
संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान र विकासतर्फ केन्द्रित गरिने बताए।
त्यस्तै पाठ्यक्रम र शिक्षक सिकाइ विधिमा व्यापक सुधार गरिने उनको भनाइ छ ।