बाली लगाउनुअघि नै कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने घोषणा
शुक्रबार आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले व्यावसायिक कृषि खेती गर्ने किसानले बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य र लगाएपछि अग्रिम कृषि उपज खरिद सम्झौता गर्ने घोषणा गरेका हुन् ।

१९ वैशाख, काठमाडौं । सरकारले कृषि क्षेत्रमा व्यावसायिक ढंगले काम गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ ।