नागढुंगा–पिप्लामोड सडकखण्ड २२ वैशाखदेखि १० दिन आंशिक बन्द हुने

नागढुंगा चेकपोस्ट ट्ठ काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।


२० वैशाख, काठमाडौं । नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलमोड सडकमा वैशाख २२ गतेदेखि १० दिनसम्म आंशिकरुपमा बन्द गरिने भएको छ ।

सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

यी स्थानहरूमा रोकिनेछ सवारी साधन

नागढुंगा चेकपोस्ट ट्ठ काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।

खत्रीपौवा पुल : नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ ।

वैकल्पिक मार्गको व्यवस्था

यातायातमा समस्या नहोस् भन्नका लागि साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।

वैकल्पिक मार्गहरू यस्ता छन्–

१. सितापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्ग

२. सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी सडकमार्ग

रोकिएका सवारी साधनहरुलाई बिहान ३ बजेपछि मात्रै गन्तव्यमा जान दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *