रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै


११ मंसिर, काठमाडौं । सहकारी ठगी, र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याउल लागिएको हो ।
रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याउल लागिएको हो । उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । उनलाई दुई वा तीन दिन काठमाडौंमा राखेर बयान लिने सम्भावना छ । बयानपछि लामिछानेलाई पुनः कास्की फर्काइने छ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् लामिछानेलाई पछिल्लोपटक मंसिर ९ गते १५ दिन म्याद थप भएको छ । १५ दिनको म्याद मंसिर ८ गतेदेखि गणना हुने छ ।
लामिछानेसँगै छविलाल जोशी र कुमार रम्तेल पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनीहरु पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
जिल्ला अदालत चितवनले मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसअघि काठमाडौंबाट समेत रविविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *