भारतमा पाकिस्तानी कलाकारका इन्स्टाग्राम ब्लक

तर भारत सरकारले ब्लक गरिएका खाताको बारेमा कुनै आधिकारिक घोषणा गरेको छैन।


जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव जारी छ। यसैबीच भारतले भारतमा रहेका पाकिस्तानी कलाकारहरूको इन्स्टाग्राम खाता ब्लक गरेको छ।

तर भारत सरकारले ब्लक गरिएका खाताको बारेमा कुनै आधिकारिक घोषणा गरेको छैन।

पहलगाम आक्रमण पछि भारत र पाकिस्तानले एकअर्काको बारेमा धेरै निर्णय लिएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार फवाद खान, गायक आतिफ असलम र ‘सनम तेरी कसम’ फेम मावरा होकेनका साथै गायिका आबिदा परवीन लगायत धेरै पाकिस्तानी कलाकारहरूको इन्स्टाग्राम खाता ब्लक गरिएको छ।

भारतका प्रयोगकर्ताले यी कलाकारको पृष्ठ खोल्ने प्रयास गरेपछि देखिएको थिया,‘यो खाता भारतमा उपलब्ध छैन। हामीले कानुनी अनुरोध अन्तर्गत यो सामग्री ब्लक गरेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *