प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।


२२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने भएका छन् ।

संघीय संसद्‍ र राष्ट्रिय सभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका थिए ।

त्यसमाथि आज देखि छलफल हुन लागेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।

सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *