रेशमलाई ५ घण्टा थुनेपछि राज्यले जितेको ठान्यो : महन्थ ठाकुर

अध्यक्ष ठाकुर अगाडि भन्छन्, ‘यस किसिमको व्यवहारले हामीले न्याय कहाँ पाउने ? राज्य विजेताको रुपमा बसिरहेको छ ।’


२२ वैशाख, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीलाई पक्राउ गरेकोमा राज्यले जितेको महसुस गरेको अनुभूत भएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘रेशम चौधरी र सिकेराउतमाथि जुन व्यवहार भएको छ । त्यो जानेको, देखेकै हो’ उनले भने ।

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

अध्यक्ष ठाकुर अगाडि भन्छन्, ‘यस किसिमको व्यवहारले हामीले न्याय कहाँ पाउने ? राज्य विजेताको रुपमा बसिरहेको छ ।’

बिना कारण रेशम चौधरीलाई पक्राउ गरिएको उनको आरोप छ । ‘कुनै कारण छैन पक्राउ गर्‍यो । ५ घण्टा जेलमा राखिदियो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *