पहलगाम घटनापछि नेपाल-भारत सीमा क्षेत्रमा उच्च निगरानी

यसका साथै सीमामा आवतजावत गर्नेसँग आवश्यकता अनुसार कागजपत्र जाँच गर्ने र सोधपुछ गर्ने कार्यसमेत कडाइका साथ गरिएको उनको भनाइ छ ।


२२ वैशाख, काठमाडौं । अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा थप सक्रियता बढाएको छ । त्यसको लागि २४सै घण्टा सीमा गस्ती गर्ने र सिमाना भएर आवतजावत गर्नेहरूको अभिलेखीकरण गर्ने कार्यसमेत कडाइको साथ गरिहरेको छ ।

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन तथा हुनसक्ने अवैध आवतजावतलाई रोक्नका लागि सीमा इलाकाका स्थानीय निकायका प्रमुखहरूसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्ने कार्यलाई समेत तिव्रता दिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

यसका साथै सीमामा आवतजावत गर्नेसँग आवश्यकता अनुसार कागजपत्र जाँच गर्ने र सोधपुछ गर्ने कार्यसमेत कडाइका साथ गरिएको उनको भनाइ छ ।

यसैगरी हालै बाहिनीपतिको जिम्मेवारी प्राप्त गरेका सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा उच्च निगरानी बढाउन र सीमा क्षेत्र नियमनका लागि थप योजनाका साथ परिचालन हुन निर्देशन दिएका छन् ।

सोही अनुसार सीमा जोडिएका बाहिनी मुख्यालयहरूले समेत यसलाई उच्च प्राथमिकतामा राखी सबै जिल्लाहरूमा सूक्ष्म रूपमा खबर संकलन तथा अप्रेशनल कार्यसमेत गरिरहेको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानीका लागि झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज र रुपन्देहीको बेलहिया नाकामा डग स्क्वाड समेत परिचालन गरेर जाँच गर्ने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *