बुधबार बागमती प्रदेशमा सार्वजनिक बिदा
प्रदेश सरकारले सोमबार एक सूचना जारी गर्दै वैशाख २४ गते सार्वजनिक विदा दिएको जानकारी गराएको हो ।

बागमती प्रदेशभर बुधबार सार्वजनिक बिदा हुने भएको छ ।
प्रदेश सरकारले सोमबार एक सूचना जारी गर्दै वैशाख २४ गते सार्वजनिक विदा दिएको जानकारी गराएको हो ।
सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।