मन्त्रिपरिषद् बैठक बस्दै,गभर्नर नियुक्तिको सम्भावना
आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना छ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ। आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना छ।
गभर्नर नियुक्तिमा ढिलाई भइरहेको बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नभएको बताएका छन्। देउवाले प्रधानमन्त्रीका कारण नभइ राष्ट्र बैंकमै समस्या भएका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका थिए। प्रधानमन्त्री ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उनको भनाइ छ।