पाकिस्तानी सेनाले मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको भारतीय सेनाको भनाइ

भारतीय सेनाले पाकिस्तानी ड्रोन आक्रमणहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको र युद्धविराम उल्लंघनको उचित जवाफ दिइएको बताएको छ।


नयाँ दिल्ली : भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (एडीजी पीआई) ले मे ८ र ९ को मध्यरात(आज राती)मा पाकिस्तानी सेनाले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ।

सामाजिक सञ्जाल एक्समा एउटा भिडियो सेयर गर्दै भारतीय सेनाका एडीजी पीआईले लेखे, ‘पाकिस्तानी सशस्त्र बलले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर धेरै आक्रमणहरू गरे। पाकिस्तानी सेनाले जम्मू कश्मीरको नियन्त्रण रेखामा पनि धेरै पटक युद्धविराम उल्लङ्घन गरे।’

भारतीय सेनाले पाकिस्तानी ड्रोन आक्रमणहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको र युद्धविराम उल्लंघनको उचित जवाफ दिइएको बताएको छ।

बीबीसी समाचारका अनुसार बिहीबार राति करिब ११ बजे उरी सेक्टरमा भारी गोलाबारी भएको थियो र सीमा नजिकैका आवाशीय क्षेत्रहरूलाई निशाना बनाइएको थियो।

त्यस्तै जम्मू कश्मीरमा पनि पूर्ण रूपमा ब्ल्याकआउट भएको जनाइएको छ।

यस विषयमा बोल्दै पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने जम्मू कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवार पाकिस्तान नभएको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *