श्रीलंकामा बौद्ध धर्मावलम्बी सवार बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

दुर्घटनास्थलमा १५ जनाको र अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो ।


२९ वैशाख, काठमाडौं । श्रीलंकामा बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते भएका छन् ।

करिब ७० जना सवार उक्त बस मध्य तीर्थस्थल कातारागामाबाट पहाडी क्षेत्र कोटमाले हुँदै कुरुनेगाला शहर जाँदै गर्दा आइतबार बिहान भीरबाट खसेको थियो । दुर्घटनास्थलमा १५ जनाको र अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *