भारतको अमृतसरमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मदिरा सेवनबाट गम्भीर बनेका ६ जनालाई अस्पतालमा भर्ना गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार अमृतसरको मजिठामा यो  घटना भएको हो।

भारतको पञ्जाबस्थित अमृतसरमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ।  मदिरा सेवनबाट गम्भीर बनेका ६ जनालाई अस्पतालमा भर्ना गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार अमृतसरको मजिठामा यो  घटना भएको हो।

अमृतसरका एसएसपी मनिंदर सिंहले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हिजो राति ९:३० बजेतिर नक्कली मदिरा सेवन गरेपछि मानिसहरूको मृत्यु भएको खबर आयो।  हामीले तुरुन्तै  घटनास्थल पुगेर  मुख्य आपूर्तिकर्ता परबजीत सिंहसहित ४ जनालाई पक्राउ गर्यौं।’

उनले भने, ‘१४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  अन्य ६ जना हाल अस्पतालमा भर्ना छन्। यो घटना ५ वटा गाउँमा भएको हो।’ एसएसपीका अनुसार पञ्जाब सरकारले नक्कली मदिरा आपूर्तिकर्ताहरू विरुद्ध कडा कारबाही गर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *