पोखरा बस दुर्घटनामा परेका २ जनाको अवस्था गम्भीर
भारत छत्तिसगढबाट ४९ जना मंगलबार राति पोखरा भ्रमणका लागि आइपुगेका थिए ।

३१ वैशाख, पोखरा। पोखरा बस दुर्घटनामा परेकामध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य छ ।
दुर्घटनामा परेको बसमा २८ जना भारतीय पर्यटन थिए । तीमध्ये एक जना चरक अस्पताल र बाँकी गण्डकी मेडिकल कलेज ल्याइएको थियो ।
२ जनाबाहेक अरूको अवस्था सामान्य रहेको मेडिकल कलेजमै पुगेका कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
दुर्घटनामा ६५ रेखा साहु र ६१ कोमलराम साहु गम्भीर रहेको, बाँकीको अवस्था सामान्य रहेकाले होटलमै पठाउने तयारी भइरहेको एसपी ओलियाले बताए ।
भारत छत्तिसगढबाट ४९ जना मंगलबार राति पोखरा भ्रमणका लागि आइपुगेका थिए ।
उनीहरू बुधबार बिहान २ वटा बस रिजर्भ गरि पोखरा(२२ पुम्दीभुम्दीस्थित विशाल महादेशको मूर्ती दर्शन गर्न पुगेको र फर्किने क्रममा दुर्घटनामा परेको बसमा सवार प्रदीप बर्णवालले जानकारी दिए ।
२ बसमध्ये अघिल्लो बस छोरेपाटनदेखि केही माथि घुम्तीमा गति तीव्र हुन पुगेको र घुम्ती नकटी सिधैं गएको उनले बताए ।