भारतमा समस्या हुँदा नेपालमा गयो बिजुली

पछिल्ला दिनमा यसअघि लामो समयसम्म बिजुली नगएको उनीहरूको तर्क छ।

काठमाडौं : बिहीबार पटक-पटक बिजुली गएर आजित भएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्। कतै पुरानै लोडसेडिङका दिन फर्किने त होइन भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन्।

पछिल्ला दिनमा यसअघि लामो समयसम्म बिजुली नगएको उनीहरूको तर्क छ। तर, आज घन्टौंसम्म बिजुली गएपछि चिन्तित बनाएको उनीहरूको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजा भाइ सिल्पाकारले भारतमा समस्या हुँदा नेपालमा बिजुली गएको बताए। उनले भारतमा देखिएको समस्याले ढल्केबरस्थित सिस्टममा खराबी आएको बताए।

‘हाम्रो सिस्टम गएर धेरै ठाउँमा बिजुली गएको हो। अहिले सिस्टम रिस्टोर भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *