जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

४ जेठ, काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंका दुई ठाउँबाट १७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगतसमेत ७ जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी, काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने दोलखा भीमेश्वर नगरपालिका–७ घर भएका ४० वर्षीय रामजी बस्नेत समेत १० जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *