लापसे गरी सवारी चलाउने ३ चालक प्रहरी नियन्त्रणमा
अभियानलाई गण्डकी यातायात र जिल्ला अस्पताल स्याङ्जाले सामाग्रीसहित प्राविधिक सहयोग उपलब्ध गराएको छ।
स्याङ्जा : स्याङ्जामा गरिएको लागूपदार्थ सेवन (लापसे) परीक्षणमा ३ जना चालकले लागूपदार्थ सेवन गरेर सवारी चलाएको भेटिएको छ। सिद्धार्थ राजमार्ग भएर गुड्ने सवारी साधनमध्ये ३० जना चालकमा गरिएको परीक्षणमा ३ जनाले सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा स्याङ्जाका ३१ वर्षीय चोकबहादुर गुरुङ, बाराका ३५ वर्षीय सुजन लामा र २२ वर्षीय खगेन्द्र भुषाल रहेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए।
सवारी दुर्घटनामा न्यूनीकरण गर्नुका साथै मर्यादित र सुरक्षित यात्राका गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले लापसे परीक्षण अभियान सुरु गरेको छ। अभियानलाई गण्डकी यातायात र जिल्ला अस्पताल स्याङ्जाले सामाग्रीसहित प्राविधिक सहयोग उपलब्ध गराएको छ।