त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियारको छापा
स्रोतका अनुसार गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित ८ जनालाई नियन्त्रणमा लिइएको छ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको छ। अख्तियारका अधिकारीहरूले बुधबार छापा मारेको स्रोतले जानकारी दिएको छ।
अख्तियारले अध्यागमनका केही कर्मचारीहरूलाई नियन्त्रण लिएको छ। स्रोतका अनुसार गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित ८ जनालाई नियन्त्रणमा लिइएको छ।
भिजिट भिसामा अनधिकृतरूपमा पैसा उठाएको सूचना पाएपछि अख्तियारले छापा मारेको हो। अख्तियारले अध्यागमन कार्यालयको महत्त्वपूर्ण कागजात र कम्प्युटर पनि जफत गरेको स्रोतले जानकारी दिएको छ।