शीर्षस्थानमा रहेको गुजरात लखनउसँग पराजित

लखनउले दिएको २३६ रनको विजयी लक्ष्य पछाएको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा २०२ रन मात्रै बनायो।

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सलाई लखनउ सुपर जाइन्ट्सले हराएको छ। गुजरात, प्लेअफ होडबाट बाहिरिसकेको लखनउसँग ३३ रनले पराजित भएको हो।

अमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा २ विकेट मात्रै गुमाउँदै २३५ रन बनाएको थियो।

लखनउले दिएको २३६ रनको विजयी लक्ष्य पछाएको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा २०२ रन मात्रै बनायो।

गुजरातका लागि शाहरूख खानले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले उनले २९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।ओपनरद्वय साइ सुदर्शन र कप्तान सुमन गिलले क्रमश: २१ र ३५ रन बनाए।
जोश बटलरले ३३ सेर्फन राउत्फोडले ३८ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।

लखनउको लागि बलिङतर्फ विल ओ’ रोउकेले सर्वाधिक ३ विकेट लिए । आवेश खान र आयुष बढोनीले २-२ विकेट लिए। सहबाज अहमद र आकाश सिंहले १-१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको लखनउका लागि ओपनर ब्याटर मिचेल मार्सले ११७ रनको शतकीय पारी खेले। उनले ६४ बलमा १० चौका र आठ छक्का प्रहार गरे। अर्का ओपनरबाट आइडन मक्रमले ३६ रन बनाए। निक्लोज पुरण र कप्तान ऋषभ पन्त क्रमश: ५६ र १६ रनमा अविजित रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *