लागुऔषध लिएर बुटवलबाट पोखरा आउँदै गरेका युवक पक्राउ

उनको साथबाट प्रहरीले डाईजेपाम ७, फेनारेगन ७, आईपिल ७ गरि २१ एम्पुल बरामद गरेको प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए। 

स्याङ्जा  : लागुऔषधसहित पोखराका २६ वर्षीय अजित परियार पक्राउ परेका छन्। उनको साथबाट प्रहरीले डाईजेपाम ७, फेनारेगन ७, आईपिल ७ गरि २१ एम्पुल बरामद गरेको प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए।

बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा २ ख १५९२ नम्बरको हाइसमा सवार उनी कास्कीको पोखरा महानगरपालिका -२७ लेखनाथका रहेको प्रहरीले जनाएको छ। बिहीबार पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *