बजेट लेखनमा जुट्यो अर्थ मन्त्रालय, बढाइयो सुरक्षा

अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार बजेटसम्बन्धी परामर्श तथा छलफलको चरण पूरा भइसकेको छ।

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीलाई लक्षित गर्दै अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ। बजेट निर्माणको अन्तिम चरणमा पुगेको भन्दै मन्त्रालयले व्यवस्थित र योजनाबद्ध तयारीका लागि यस्तो व्यवस्था लागू गरेको हो।

अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार बजेटसम्बन्धी परामर्श तथा छलफलको चरण पूरा भइसकेको छ। “अब तयारीका कार्यहरू जारी छन्,” उनले भने, “त्यसैले मन्त्रालय प्रवेशमा कडाइ गर्नुपरेको हो।”

मन्त्रालयले वैशाख महिनाभरि बजेटका लागि सरोकारवाला निकाय, विज्ञ, व्यवसायी र संघसंस्थासँग व्यापक छलफल गरेको थियो। अब जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *