सचिवमा बराल र मिश्रलाई बढुवा गर्ने सरकारको निर्णय

महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डे अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा सरकारले बराललाई बढुवा गरेको हो।

काठमाडौ : सरकारले सहसचिव भुपाल बराल र दिनानाथ मिश्रलाई सचिवमा बढुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ रिक्त रहेको सचिव पदमा बराल र प्राविधिकतर्फ मिश्रलाई सचिवमा बढुवा गरेको बालुवाटार स्रोतले जनाएको छ।

महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डे अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा सरकारले बराललाई बढुवा गरेको हो। त्यसैगरी जल तथा उर्जा आयोगको सचिवालयका सचिव मधु भेटवालले अवकाश पाएपछि रिक्त पदमा सरकारले मिश्रलाई बढुवा गरेको हो। हाल बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *