प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, संसद् अवरोध हटाउनेबारे छलफल
उनीहरुबीच छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ।
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
उनीहरुबीच छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ।
संसदमा विपक्षीले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेका छन्। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गर्ने कार्यतालिका छ।
बिहीबार सरकारले आव २०८२/८३ को बजेट ल्याउँदैछ। भोलि बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता भएकाले बजेट र संसद्मा उठेका विषय सम्बोधन सत्तारुढ दुई दलबीच छलफल भएको हो। सरकारले विपक्षीको अवरोधले सदनमा बजेट पेस गर्न सरकारलाई सकस पर्ने देखिएको छ।