सदन खुलाउन सभामुखको पहलमा सत्ता र प्रतिपक्षको बैठक
उनको कार्यकक्षमा अहिले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक बसिरहेको छ ।
१४ जेठ, काठमाडौं । दोस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले सदन खुलाउन पहल थालेका छन् ।
उनको कार्यकक्षमा अहिले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक बसिरहेको छ ।
बैठकमा सभामुख, उपसभामुखसहित नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार निरन्तर सदन अवरुद्ध हुँदा १५ गतेको बजेटसमेत प्रभावित हुने भन्दै सभामुखले सहमति खोज्न आग्रह गरेका छन् ।