चन्द्रागिरिस्थित कपास उद्योगमा आगलागी
आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका, नेपाल आयल निगम र चन्द्रागिरि नगरपालिकाका तीनवटा दमकल प्रयोग गरिएको थियो।
१४ जेठ, काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२, गोकुल पार्टीस्थित विष्णु देवी कपास उद्योगमा मंगलबार दिउँसो आगलागी भएको छ।
राजु रन्जितकार सञ्चालक रहेको कारखानामा दिउँसो ४ः२० बजे अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका, नेपाल आयल निगम र चन्द्रागिरि नगरपालिकाका तीनवटा दमकल प्रयोग गरिएको थियो।
प्रहरीका अनुसार, ४९ जना सुरक्षाकर्मी सशस्त्र प्रहरी अस्पतालबाट १७ जना र युद्ध कवच गण सितापाइलाबाट ३२ जना आगो निभाउन खटिएका थिए ।
आगो अहिले नियन्त्रणमा आइसकेको छ । क्षतिको विवरण आउन बाँकी छ ।