मुकुटको होइन, मुलुकको हितले स्थान पाएको दिन आज : प्रधानमन्त्री ओली

आज १८औं गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मुकुटको नभई मुलुकको हितले स्थान पाएको दिन बताएका छन् ।

गणतन्त्र दिवस २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापना भएको दिनको रुपमा रहेको पनि उल्लेख गरेका हुन्।

‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन’, उनले अघि भनेका छन्, ‘जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन ।’

आज १८औं गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दवसका अवसरमा मूल समारोह समितिले टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत सरकारी उच्च पदस्थ व्यक्तिहरुको सहभागिता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *