राजा फर्काउन भेला

उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस निकालेर राजसंस्था पक्षधरहरू रत्नपार्क पुगेका हुन् ।

१५ जेठ, काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दू राष्ट्रसहितको माग राख्दै राजावादीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत सहभागी छन् ।

उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस निकालेर राजसंस्था पक्षधरहरू रत्नपार्क पुगेका हुन् ।

भृकुटिमण्डपमा पुगेर प्रदर्शन सभामा परिणत हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *