आजको राजावादी प्रदर्शन सकियो, भोलि फेरि १२ बजेदेखि हुने
बिहीबारको कार्यक्रमबाट एउटा सन्देश गएको भन्दै राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने नेता कमल थापाले बताए ।
१५ जेठ, काठमाडौं । १५ जेठका लागि राप्रपासहितका राजावादी समूहले तोकेको प्रदर्शन कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ ।
कार्यक्रम अवधिभर घुसपैठ गर्न खोजेको आरोपमा राप्रपा नेता, कार्यकर्ताले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका छन् । बिहीबारको कार्यक्रमबाट एउटा सन्देश गएको भन्दै राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने नेता कमल थापाले बताए ।