टीकापुरमा कफी पिइरहेका युवकमाथि खुकुरी प्रहार

उनकाअनुसार टीकापुरमा समान्य उपचारपछि विष्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

१५ जेठ, धनगढी । कैलालीको टीकापुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि बिहीबार दिउँसो घर नजिकैको क्याफेमा कफी पिइरहेका बेला खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले खुकुरी प्रहारबाट घाइते भएका विष्टको टाउको र छातीमा चोट रहेको जानकारी दिए ।

उनकाअनुसार टीकापुरमा समान्य उपचारपछि विष्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

विष्टले क्याफेमा कफी पिइरहेको अवस्थामा दुई जनाले उनीमाथि खुकुरी प्रहार गरेको बुझिए पनि उनीहरूको पहिचान भने भएको छैन । दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणा आफैं अनुसन्धानमा खटिएका छन् । राणा घटनाको अनुसन्धानका लागि टीकापुर पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *