दरबारमार्गका यी ठाउँमा निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

१६ जेठ, काठमाडौं । काठमाडौंको दरबारमार्गमा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

त्यस्तै, महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *