राजावादी प्रदर्शनमा लाठीचार्ज, केही प्रदर्शनकारी घाइते

काठमाडौंको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो ।

१८ जेठ, काठमाडौं । आइतबारको राजावादी प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ ।

काठमाडौंको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो ।

प्रदर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो ।

प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *