हाइटेन्सन तारबाट करेन्ट लागेर झापामा हात्ती मर्‍यो

सुँड र एउटा दारा जल्दा हात्ती घटनास्थलमै मरेको हो ।

झापा : हाइटेन्सन तारबाट करेन्ट लागेर झापामा एउटा जंगली हात्ती मरेको छ ।

गएराति कमल गाउँपालिका ३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गलमा करेन्ट लागेर एउटा जंगली हात्ती मरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

बिजुलीको फलामको पोलमा धकेल्दा हाईटेन्सन तारमा पर्न गई हात्तीलाई करेन्ट लागेको थियो । सुँड र एउटा दारा जल्दा हात्ती घटनास्थलमै मरेको हो । कानुनी प्रक्रियाका लागि डिभिजन वन कार्यालय झापासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *