बालुवाले छोपेर राखेको ११२० केजी गाँजा बरामद

खोलाको बगरमा बालुवाले छोपेर राखेको जानकारी पाएलगत्तै प्रहरी परिचालन गरी गाँजा बरामद गरिएको जानकारी दिए । 

धरान : सुनसरीको कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाइराखेको गाँजा बरामद भएको छ ।

मंगलबार राति जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रमुख डिएसपी योगराज खतिवडाले  तस्करहरूले भारततर्फ लैजानलाई खोलाको बगरमा बालुवाले छोपेर राखेको जानकारी पाएलगत्तै प्रहरी परिचालन गरी गाँजा बरामद गरिएको जानकारी दिए ।

तस्करहरुले हरिनगर गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा रहेको खोला किनारमा गाँजा राखेको सूचना पाउना साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको ४० जनाको टोलीले खोजतलास गरि एक हजार १२० केजी गाँजा बरामद गरेको डीएसपी खतिवडाले बताए। उक्त गाँजा प्रहरी चौकी घुस्कीमा राखिएको छ । गाँजा राख्ने समूहको पहिचान गरि पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *