अवैधरूपमा जडीबुटी संकलन गरेको आरोपमा तीन जना पक्राउ
पुनम गुरुङ, देवेन्द्र गुरुङ र जितबहादुर विक (अमृत)लाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।
स्याङ्जा : अवैधरूपमा जडीबुटी संकलन गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। चुत्रो जातको जडीबुटी अवैधरूपमा संकलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
पुनम गुरुङ, देवेन्द्र गुरुङ र जितबहादुर विक (अमृत)लाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।