नेपाल प्रहरीका ५ प्राविधिक एसपी एसएसपी बढुवामा सिफारिस

सूचना प्रविधितर्फका एसपी श्यामकुमार मण्डललाई सिफारिस


१४ मंसिर, काठमाडौं । नेपाल प्रहरीका पाँच प्राविधिक उपरीक्षक (एसपी) हरू  वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

इन्जिनियरतर्फको सूचना प्रविधिमा एक र स्वास्थ्य उपसमूहको चिकित्सकतर्फका चार गरी पाँच जनालाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको हो ।

चिकित्सकतर्फ बढुवा सिफारिस हुनेहरूमा प्रहरी अस्पतालको रेडियोलोजी शाखामा कार्यरत डा.  केदार खड्गी, मेडिसिन शाखामा कार्यरत डा.  छन्दबहादुर बुढाथोकी, गण्डकी प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा.  पवनकुमार राय र प्रहरी अस्पताल महाराजगञ्जको डेन्टल शाखामा कार्यरत डा.  सुवर्ण कुँवर छन् ।

त्यसैगरी एसएसपी बढुवाका लागि सूचना प्रविधितर्फका एसपी श्यामकुमार मण्डललाई सिफारिस गरिएको छ । प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा उनी कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *