नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले नेपाल बैंकको तत्कालीन सञ्चालक समिति अध्यक्ष अधिकारीमाथि १९ लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो ।

२६ जेठ, काठमाडौं । ऋण लिने सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नेपाल बैंकको तत्कालीन सञ्चालक समिति अध्यक्ष अधिकारीमाथि १९ लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो ।

उनले भैरहवामा सञ्चालन हुन लागेको र्‍याडिसन प्रोजेक्टलाई ऋण दिने क्रममा १९ लाख रुपैयाँ घुस लिएको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *