काठमाडौंमा रवि लामिछानेको आजको बयान सकियो

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि काठमाडौं ल्याइएको


१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजको बयान सकिएको छ ।

जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको हो ।आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो ।

लामिछानेलाई बिहीबार साँझ स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि काठमाडौं ल्याइएको थियो । लामिछानेलाई भैरहवा लगेर पनि बयान लिइएको छ ।

लामिछानेलाई २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थिए भने उनिलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।

लामिछानेलाई बयानका लागि काठमाडौं ल्याउने भएपछि हिजो साँझ र आज बिहानदेखि रास्वपाका नेता कार्यकर्ता जिल्ला सहकारी वकिलको कार्यालय माइतीघर पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *