स्रोत नखुलेको ४० लाख रकमसहित दुई जना पक्राउ
प्रहरले खोजि गर्दा खड्का र श्रेष्ठलाई ३९ लाख ९९ हजार स्रोत नखुलेको रकमसहित फेला पारेको थियो । घटनाको बारेमा अनुसन्धान हुँदैछ ।
काठमाडौं : काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको करिब ४० लाख रुपैयाँ बरामद भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार नुवाकोट घर भएका ३५ वर्षीय श्याम खड्का र ओखलढुंगा घर भएका ३४ वर्षीय धनबहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।
उनीहरूले आफैँले चलाएको कारमा पैसा बोकेका छन् भन्ने सूचना प्रहरीले पाएको थियो ।
प्रहरले खोजि गर्दा खड्का र श्रेष्ठलाई ३९ लाख ९९ हजार स्रोत नखुलेको रकमसहित फेला पारेको थियो । घटनाको बारेमा अनुसन्धान हुँदैछ ।