सर्वोच्च अदालतले संसदीय विकास कोषको नाममा त्यसरी बाँड्ने बजेटमा रोक लगाएपछि सरकारले चोरबाटोबाट सांसदलाई बजेट बाँड्ने गरेको छ ।
सांसदहरू योजनाको रुपमा उक्त बजेट पाएका छन् । त्यसरी पाएको योजनाको चिठी संसदहरुले कमिसनमा विक्री वितरण गर्ने गरेको सदनमै आवाज उठिसकेको छ ।
यसरी उपभोक्ता समितिको नाममा योजनाको चिठी बेचेको र कमिसन लिएको आरोपमा गत जेठ २९ गते मात्र जसपा नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहालाई अख्तियारले पक्राउ गरेको थियो ।
गत जेठ १२ गते उानको घरमा छापा मार्दै अख्तियारलेफउनका स्वकीय सचिवलाई विनोदलाल कर्णलाई समेत पक्राउ गरेको थियो ।