पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन खारेज गरिंदै

औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक संसद्‍मा दर्ता भएको छ ।

१ असार, काठमाडौं । पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ खारेज गरिने भएको छ ।

यो ऐन खारेज गरेर यो ऐन अन्तर्गत भएको काम कारबाही नयाँ ऐन बमोजिम भए गरेको मानिने गरी सरकारले औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक ल्याएको छ ।

औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक संसद्‍मा दर्ता भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् । मन्त्री भण्डारीका अनुसार मानव सिर्जित अन्वेषण तथा आविष्कारको संरक्षण, राष्ट्र हितको प्रवद्र्धन, औद्योगिक सम्पत्तिको धनीको कानुनी तथा आर्थिक अधिकारको संरक्षण गर्न विधेयक ल्याइएको हो ।

त्यस्तो सम्पत्तिको दर्ता, नियमन, प्रवर्द्धन र अभिलेखाङ्कन गर्नको लागि औद्योगिक सम्पत्ति सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने उदेश्य विधेयकमा छ ।

विधेयकमा १२२ वटा दफा रहेका छन् । यो विधेयक ऐनमा रुपान्तरित भएपछि पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ खारेज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *