धरानबाट ठूलो परिणामको ट्रकसहित गाँजा बरामद

सोमबार धरान-१३ स्थित शिवधाराबाट ट्रकसहित गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले बताए। 

धरान : सुनसरीको धरान उपमहानगरपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिणामको मालबाहक ट्रकसहित प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

सोमबार धरान-१३ स्थित शिवधाराबाट ट्रकसहित गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले बताए।

कोशी लोकमार्गमा रहेको शिवधारमा सशस्त्र प्रहरी बेस क्याम्प धरानबाट सशस्त्र प्रहरी उपरीक्षक सन्जीव पौडेल नेतृत्वको टोलीले धनकुटाबाट आउँदै गरेको प्रदेश १-०२-००२ ख ०८४८ नम्बरको मालबाहक ट्रक चेक गर्ने क्रममा  ठूलो परिणामको गाँजा बरामद गरेको हो।

तस्करहरूले अदुवा र बन्दाकोपी ल्याउने बहानामा ट्रकमा गाँजा लोड गरी तस्करी गरेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए। उनले ट्रकमा लुकाई ल्याइएको ७० बोरा अर्थात् २ हजार १३० केजी गाँजा बरामद गरिएको बताए। त्यस्तै गाँजासँगै ३१ बोरा अदुवा र ६ बोरा बन्दाकोपी पनि बरामद गरिएको थापाले बताएका छन्।

गाँजा तस्करी गर्ने ट्रकका चालक भने फरार रहेका छन्। ट्रकको कागजपत्रका आधारमा गाँजा तस्करी गर्नेहरूको पहिचान गर्न टोली परिचालन गरिएको थापाले बताए। बरामद गरिएको गाँजा सहितको ट्रक सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *