संसद्‌मा गए धवलशमशेर

त्यसयता प्रतिनिधि सभाको बैठकमा उनी सहभागी हुन पाएका थिएनन् ।

३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका छन् ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीले हिंसात्मक प्रदर्शन गरेका थिए । त्यसै दिन धवल शमशेर पनि पक्राउ परेका थिए ।

त्यसयता प्रतिनिधि सभाको बैठकमा उनी सहभागी हुन पाएका थिएनन् ।

गत सोमबार जिल्ला अदालत काठमाडौंबाट ३ लाख धरौटीमा छुटेका थिए । त्यसपछि आज मंगलबार उनी प्रतिनिधि सभाको बैठकमा गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *