संसद्‌मा रास्वपा सांसदहरु कालो पोशाकमा

संसद्‌मा वेल घेराउ र नारवाजीका बीच कहिले पलेँटी कसेर बस्ने तर कहिले मौन रहने गर्दै आएका थिए ।

६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु प्रतिनिधिसभाको बैठकमा कालो पोशाकमा प्रस्तुत भएका छन् ।

भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका रास्वपा सांसदहरु शुक्रबारको बैठकमा कालो पोशाकमा प्रस्तुत भएका हुन् ।

यसअघि रास्वपाका सांसदहरु निलो रिबनमा प्रस्तुत भएका थिए । संसद्‌मा वेल घेराउ र नारवाजीका बीच कहिले पलेँटी कसेर बस्ने तर कहिले मौन रहने गर्दै आएका थिए ।

शुक्रबार भने रास्वपाका सांसदहरु कालो पोशाकमा संसद्‌ गए र बैठक बहिस्कार गएर बाहिरिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *