चारकोशे जंगलमा कार र राइफल बरामद

आइतबार मध्यराति जंगली जनावर सिकार गर्न जंगल पसेको समूह प्रहरीलाई देख्ने बित्तिकै फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए।

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित अमाहा जंगलबाट प्रहरीले एक थान कार र हतियारसहितको अत्याधुनिक राइफल बरामद गरेको छ।

आइतबार मध्यराति जंगली जनावर सिकार गर्न जंगल पसेको समूह प्रहरीलाई देख्ने बित्तिकै फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए। उनका अनुसार सिकारको उद्देश्यले रातको समयमा जंगल पसेका पाँचजना फरार छन्।

प्रहरीले घटनास्थलबाट बा ६ च ८४०३ नम्बरको कार र बेलायतमा निर्मित अत्याधुनिक राइफल बरामद गरेको हो। गस्ती टोलीलाई देख्नेबित्तिकै कार चालकसहित सबै अभियुक्त भागेका थिए। डीएसपी खतिवडाका अनुसार कारको नम्बरका आधारमा फरार अभियुक्तहरूको पहिचान भइसकेको छ। उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

बरामद गरिएको कार र हतियार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *