इजरायलमा इरानी क्षेप्यास्त्रबाट ३ जनाको मृत्यु

इजरायली डिफेन्स फोर्सेसले इरानबाट इजरायलतर्फ मिसाइल प्रक्षेपण भएको पुष्टि गर्दै नागरिकहरूलाई सेल्टरमा जान निर्देशन दिएको छ।

१० असार, काठमाडौं । इरानले इजरायलतर्फ एकपछि अर्को गरी क्षेप्यास्त्र प्रहार गर्दा दक्षिणी सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको छ ।

आपतकालीन सेवा मगेन डेविड अदोमका अनुसार गम्भीर घाइते भएका ४० वर्षीय पुरुष, ३० वर्षीया महिला र २० वर्षीय युवकको मृत्यु भएको हो।

घटनामा थप ६ जना व्यक्तिहरू सामान्यदेखि मध्यम घाइते भएका छन्। उनीहरूको अहिले उपचार भइरहेको छ। इजरायली डिफेन्स फोर्सेसले इरानबाट इजरायलतर्फ मिसाइल प्रक्षेपण भएको पुष्टि गर्दै नागरिकहरूलाई सेल्टरमा जान निर्देशन दिएको छ।

मृत्यु हुनेमा दुई जना ४० वर्षको हाराहारीका पुरुष र महिला, र एक जना २० वर्षका पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *