भिजिट भिसा प्रकरण हेर्न गठित छानबिन समितिको औचित्यबारे छलफल गर्दै राप्रपा

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

१० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भिजिट भिसा प्रकरण हेर्न गठित छानबिन समितिको औचित्यबारे छलफल गर्दैछ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार छानबिन समिति कति प्रभावकारी हुन्छ भन्ने एक ढंगको अनुमान गरेर संसदको अवरोध खोल्ने वा नखोल्ने निर्णयमा पुग्नेछ ।

शाहीले  भने ‘भिजिट भिसा प्रकरण हेर्न गठित छानबिन समितिको औचित्यबारे छलफल गर्दैछौं । यो कति प्रभावकारी होला भनेर छलफल गरिरहेका छौं । छलफलपछि संसद्को अवरोधबारे एउटा निर्णयमा पुर्ग्छौं। ’

राप्रपाले भिजिट भिसा प्रकरणका गृहमन्त्रीको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय न्यायीक आयोग बन्नुपर्ने उनीहरूको माग छ । तर, सरकारले उच्च स्तरीय न्यायीक आयोग नभएर उच्चस्तरीय छानबिन समिति बनाएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।

भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले संसद्को कामकारबाही बहिष्कार गर्दै आएको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *